काठमाडौं, १० बैशाख । अवैध लागूऔषध चरेशसहित बिहीबार दिउँसो प्रहरीले एकजनालाई प्रहरीले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–३ बोराडाडीस्थित प्रगती खाजा घरका संचालक बाजुरा बुढीगंगा नगरपालिका(९ घर भएका ३२ वर्षीय चक्र बहादुर रोकायालाई १ केजी अवैध लागूऔषध चरेश सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
उक्त खाजा घरमा लागूऔषध कारोबार हुन्छ भन्ने बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले खाजा खाने टेवलमा राखेको अवस्थामा ९ सय ग्राम र चक्र बहादुरको डेरा कोठाबाट थप १ सय ग्राम गरी उक्त परिमाणको लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ ।