Logo

बादलपछि चन्द्रको सांसद पद जाने पालो



काठमाडौं, १० वैशाख । नेकपा माओवादी केन्द्र त्यागेका रामबहादुर थापा बादल राष्ट्रिय सभाको सांसद पद गएको धेरै भएको छैन । उनी अब फेरि एमालेबाट सोही पदमा चुनावी मैदानमा होमिने भएका छन् । तर, माओवादी केन्द्रबाट राष्ट्रिय सभा सांसद बनेका अर्का नेताको पनि पद जाने भएको छ ।

चन्द्रबहादुर खड्काले माओवादी केन्द्र छाडी एमालेमा प्रवेश गरेपछि उनलाई हटाउन सिफारिश गरिएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज दल त्यागको सूचना राष्ट्रिय सभामा दिने निर्णय गरी संसद सचिवालयमा जानकारी गराउन पत्र लेखेका छन् ।

माओवादी केन्द्रबाट राष्ट्रिय सभामा संसदीय दलका नेता दिनानाथ शर्मालाई कृष्णबहादुर खड्काको दल त्यागको सूचना दिने गरी संसद सचिवालयमा जानकारी गराउन पत्र लेखेका हुन् । शर्माले पत्र लेखेलगत्तै खड्का पदमुक्त हुनेछन् ।



प्रतिक्रिया दिनुहोस्