काठमाडौं, १२ वैशाख । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको आकस्मिक बैठक डाकेका छन् । उनले आफूविरुद्ध अविश्वासको प्रस्ताव आउनलागेको सूचना पाएपछि आकस्मिक बैठक डाकेका हुन् ।
बालुवाटारमा महाधिवेशन आयोजक कमिटीमा ओलीले कठोर निर्णय लिन लागेको विश्वस्त स्रोतले जानकारी दिएको छ । उनले आफूविरोधी समूहका सांसदहरुलाई पदमुक्त गर्ने निर्णय लिन लागेका छन् । माधव नेपाल समूहका समानुपातिकतर्फका सांसदहरुलाई पदमुक्त गर्ने तयारी भएको हो । प्रत्यक्षतर्फ निर्वाचितलाई पनि पदमुक्तको निर्णय लिन खोजिएको छ । तर, संविधान अनुसार उनीहरुलाई पदमुक्त गर्न मिल्दैन । हटाउने सूचीमा माधवकुमार नेपाल र झलनाथ खनालसहित २७ सांसद छन् ।
संविधानको धारा ८९ मा स्पष्ट रुपमा संघीय संसद सदस्यको स्थान रिक्त हुने ६ वटा प्रावधान राखिएको छ । त्यसको ख मा धारा ८७ बमोजिमको योग्यता नभएमा वा नरहेमा सांसद पद रिक्त हुने व्यवस्था पनि छ । धारा ८७ ले ५ वटा उपधारा राखेर सांसद हुने योग्यता उल्लेख गरेको छ । योबाहेकको अवस्थामा सांसद पद रिक्त हुन्छ । माधव नेपालसहित २७ जना नैतिक पतन देखिने फौजदारी कसूरमा सजाय पाएको, लाभको पदमा बहाल रहेको अवस्था छैन । यसकारण पनि उनीहरुको सांसद पद रिक्त हुने कानुन कमजोर छ ।
यी हुन् सांसदबाट पदमुक्तको तयारी सूचीसहित
माधवकुमार नेपाल
झलनाथ खनाल
भीम रावल
सुरेन्द्र पाण्डे
घनश्याम भुसाल
योगेश भट्टराई
यज्ञराज सुनुवार
सोमप्रसाद पाण्डे
विरोध खतिवडा
यज्ञराज सुनुवार
दिपकप्रकाश भट्ट
कृष्णलाल महर्जन
मुकुन्द न्यौपाने
रामकुमारी झाँक्री
पवित्रा निरौला
झपट रावल
मेटमणि चौधरी
जीवनराम श्रेष्ठ
भवानी खापुङ
नारायण खतिवडा
जयकुमार राई
गणेश पहाडी
हिराचन्द्र केसी
पुष्पाकुमारी कर्ण कायस्थ
कल्याणी खड्का
लक्ष्मीकुमारी चौधरी
सरलाकुमारी यादव
नीरादेवी जैरु
कर्णाली प्रदेशका सांसद
प्रकाश ज्वाला
नन्दसिंह बुढा
कुर्मराज शाही
अम्बरबहादुर थापा
देवी ओली