Logo

३७ करोड खराब कर्जा उठाउन सफल आरम्भ चौतारी लघुवित्तको मुनाफा उच्च



काठमाडौं, १२ बैशाख । आरम्भ चौतारी लघुवित्त वित्तीय सस्थाले चालु आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेको छ । संस्थाले सार्वजनिक गरेको विवरण अनुसार त्रैमाससम्ममा सस्थाले ७ करोड ८३ लाख ३६ हजार खुद मुनाफा गरेको छ ।

२ करोड ६८ लाख ६८ हजार खुद नाफा कमाएको संस्थाले यो चालु आवमा २.९१ ग्ुाण बढी नाफा गरेको छ । यो वर्षमा संस्थाले ३७ करोड ६४ लाख खराब कर्जा उठाउन सफल भएको छ । त्यसैगरी, १२ करोड ५ लाख ७८ हजार रुपैयाँ संचालन नाफा आर्जन गरेको छ जुन गत वर्षको तुलनामा २.८५ गुणा बढी हो ।

हाल २८ करोड ६७ लाख ६३ हजार रुपैयाँ चुक्तापुँजी रहेको यस संस्थाले १२ करोड ४२ लाख ५ हजार रुपैयाँ जगेडा कोषमा सुरक्षित गर्न सफल भएको छ ।



प्रतिक्रिया दिनुहोस्