Logo

एमाले विभाजन रोक्न यी नेताको दौडधूप



काठमाडौं, १३ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच दुई चरणको भेटवार्ता भयो । होटल मेरियटमा भएको वार्ताले पनि सहमति निस्किएन । त्यसपछि दुवै नेता आ आफ्नो ढंगले बढ्न खोजे ।

ओलीले माधव नेपालसहित उनी पक्षीय सांसदहरुलाई पदमुक्तको सिफारिश गर्ने तयारी गरिसकेका थिए । तर, उनी रोकिए । यसले एमालेभित्र कालो बादलमा हल्का चाँदी देखियो ।

अहिले एमाले विभाजन रोक्न ओली र नेपाल दुवै पक्षका नेताहरु सक्रिय भएका छन् । ओली समूहबाट सुवास नेम्वाङ, विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ विभाजन रोक्न सक्रिय भएको बुझिएको छ ।

विष्णु पौडेल सहमति बनाउन दुवै पक्षका नेताहरुसँग नियमित भेटघाटमा सक्रिय छन् । नेम्वाङको दौडधूप पनि चलिरहेको छ ।

माधव नेपाल समूहबाट योगेश भट्टराई, घनश्याम भुसाल र गोकर्ण बिष्ट नेताहरुबीच सहमतिको सूत्र खोज्दै दौडाहामा छन् । भट्टराईले प्रधानमन्त्री ओलीलाई भेटेर नेपालसँगको भेटवार्ता सम्भव बनाएका थिए । बिष्ट पनि एकताका लागि निकै सक्रिय छन् ।



प्रतिक्रिया दिनुहोस्