Logo

मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वासको प्रस्ताव प्रदेशसभामा पेश



काठमाडौं, १३ बैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्ताव प्रदेशसभामा पेस भएको छ । अविश्वास प्रस्तावका प्रस्तावक नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले सदनमा प्रस्ताव टेबल गरेका हुन् ।

पोखरेलले अहिले सम्बोधन गरिरहेका छन् । मुख्यमन्त्री गुरुङविरुद्ध कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जसपा नेपालले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । माओवादी र जनमोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्