काठमाडौं, १३ बैशाख । नेकपा (एमाले) का नेता डा. भीम बहादुर रावलले प्रधानमन्त्री ओली र उनी निकटस्टहरु भेला, बैठक, समारोहमा सहभागी भएको भन्दै आफ्नो असन्तुष्टि पोखेका छन् । अरुलाई कोरोनाबाट जोगिन भेला, बैठक, समारोह नगर्न भन्ने तर प्रधानमन्त्री र उनी निकटस्थहरुले चाहीँ गरिरहेको भन्दै उनले आलोचना गरेका छन् ।
सामाजिक सञ्जाल ट्विटरमार्फत उनले लेखेका छन्–”कोरोनाबाट जोगिन अरूलाई भेला,बैठक,समारोह नगर्न भन्ने तर प्रमं ओली र उहाँका निकटस्थहरू भेला,बैठक,समारोह गरिरहने,यो के हो?प्रमं ओली गुटलाई सरकारी निर्णय लाग्दैन र? कि उहाँको गुट सरकारी निर्णय र कानूनभन्दा माथि हुने कतै गोप्य अध्यादेश जारी भइसक्यो?! कानूनका सामु सबै बराबर होइन र?”