Logo

भिडिओमार्फत गगन थापाले गराए प्रधानमन्त्री ओलीको ध्यानाकार्षण (भिडिओसहित)



काठमाडौं, १३ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली युवा नेता तथा सांसद गगन कुमार थापाले कोरोना संक्रमण बढेको भन्दै यसको रोकथाम तथा नियन्त्रणको लागि सरकारले आवश्यक कदम चाल्नुपर्ने सुझाव दिएका छन् ।

उनले सामाजिक सञ्जाल फेशबुकमार्फत लेखेका छन्–‘तीव्र रूपमा बढिरहेको कोरोना संक्रमणले भयावह अवस्थाको संकेत गरेको छ।यो बेला कोरोना संक्रमणको रोकथाम,न्यूनीकरण र व्यवस्थापन गरेर जन जीवन जोगाउने बाहेक सरकारको अर्को प्राथमिकता हुन सक्दैन।संसद चालु नभएकोले यसै मार्फत प्रधानमन्त्रीज्यूको ध्यानाकर्षणको प्रयास गरेको छु।”

https://www.facebook.com/187872841256636/videos/284366903316487



प्रतिक्रिया दिनुहोस्