काठमाडौं, १३ बैशाख । नेकपा (एमाले) कर्णाली प्रदेशसभाका चारजना सांसद पदमुक्त भएका छन् । प्रदेशसभाको सोमबार बसेको बैठकमा सभामुख राजबहादुर शाहीले चारजनाको पद रिक्त भएको जानकारी गराएका छन्। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा पार्टीको ह्वीप उल्लंघन गर्दै चार जना सांसदहरुले विश्वासको मत दिएक थिए ।
पार्टीको ह्विपविपरीत फ्लोर क्रस गरेका सांसदहरु प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अमरबहादुर थापा आजबाट पदमुक्त भएका हुन् । चारैजना एमालेबाट निर्वाचित सांसद हुन। File Photo/ReportersNepal