Logo

हिमालयन बैंकले संचालनमा ल्यायो एस.सि.टि युनियनपे कार्ड सेवा



काठमाडौं, १३ बैशाख । हिमालयन बैंकले एस.सि.टि युनियनपे कार्ड सेवा संचालनमा ल्याएको छ । युनियनपेको सहकार्यमा सुरु गरेको बैंकले भिडियो कन्फ्रेन्सको माध्यमबाट संचालित विशेष समारोहबीच कार्डको सेवा सुरु गरेको जनाएको छ ।

यो कार्ड नेपाल तथा भारतका प्राय सबै एटिएम तथा पिओएस टर्मिनलमा चल्ने बैंकले जनाएको छ । बैंकको अनुसार भारतमा उच्चशिक्षा अध्ययनरत विद्यार्थी, भ्रमण गर्न तथा व्यवसायिक सिलसिलमा भारत गएका व्यापारी व्यवसायीहरुका लागि उक्त कार्डबाट भुक्तानी गर्न सहज हुनेछ ।

यूनियनपेको अनुसार निकट भविष्यमा बैंकसँगको सहकार्यमा उक्त कार्ड कन्ट्याक्टलेस पस, क्यूआर तथा वालेटहरुमा स्विकार्य हुनेछन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर ज.ब.रा.ले बैंकले प्रसिद्ध अन्तराष्ट्रिय कार्ड ब्राण्डहरु जस्तैः अमेरिकन एक्स–्प्रेस, जेसिबी, मास्टरकार्ड, युनियनपे, भीसा जारी तथा स्विकार गर्ने र छिटै डाइनर्स एण्ड डीस्कभर कार्ड स्विकार गर्ने एक मात्र बैंक हुने बताए ।

 



प्रतिक्रिया दिनुहोस्