Logo

सोमबार गौरीफन्टा नाकाबाट भित्रिएका १०४ जनामा कोरोना पुष्टि



कैलाली, वैशाख १४। सोमबार गौरीफन्टा नाका भएर भारतबाट फर्किएका १०४ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

शङ्कास्पद् ६८० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १०४ जनालाई कोरोना पुष्टि भएको गौरीफन्टा हेल्थ डेस्कका इन्चार्ज गणेश साउँदले बताए। सो नाका भएर सोमबार ७०० जना भित्रिएका थिए ।

गौरीफन्टा नाका भएर फर्किनेमध्ये हालसम्म १२ हजार ५३९ जनाको कोरोना परीक्षण गरिएको छ । जसमध्ये एक हजार ३०८ जना सङ्क्रमित फेला परेका छन् ।

यसैबीच, सेती प्रादेशिक अस्पतालमा उपचाररत एक ४८ वर्षीय पुरुष सङ्क्रमितको आज निधन भएको छ ।



प्रतिक्रिया दिनुहोस्