काठमाडौं, बैशाख १४ । पहिलो लहरको कोरोना संक्रमणका बेला ६० शैय्याको भेरी अस्पताल कोभिड वार्ड १ सय ८० र कोहलपुरको शिक्षण अस्पताल ७० शैय्यामा विस्तार भयो। कोभिड अस्पतालमा व्यबस्थापनका लागि भेरी अस्पतालमा बाहिरबाट स्वास्थ्यकर्मी झिकाईयो। कोहलपुरले बाहिरबाट जनशक्ति ल्यायो ।कोरोनाको हटस्पोट बनेको बाँके विस्तारै नियन्त्रण हुँदै गयो। अस्पताल पुग्ने जो कोहिले सहज तरिकाले उपचार पाएको स्मरण गर्छन। औषधि, बेड, अक्सिजनका लागि स्थानीय तहको समन्वयमा पर्याप्त स्रोत जुट्यो ।
सुरक्षाकर्मीले आ–आफ्नो जिम्मेवारी सफल तरिकाले भूमिका निभाए। नेपालगंज राझा स्थित नेपाली सेनाको टुकुडी फिल्डमा खटिएर काम गर्यो। कोभिड संक्रमण नियन्त्रणमा समन्वय र व्यवस्थान अंग्रपंक्तिमा खटिएका तत्कालीन प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङलाई सरोकारवालाले दिए। सुरक्षाकर्मी सीमामा खटिए। नेपाल र भारत सीमावर्तीमा हुने आवागमनमा कडाइ गरे। स्वास्थ्य मापदण्डबिना हिँडडुल गर्नेविरुद्ध सुरक्षाकर्मी कडाइका साथ प्रस्तुत भयो।
कोरोना संक्रमित डिस्चार्जपछि प्लाज्मा दान गर्न अग्रसर देखिए। त्यतिबेला नरैनापुरमा कोराना संक्रमण आउट ब्रेक भयो। नेपाली सेनाको कमाण्डमा कोरोना आउट ब्रेक नैरनापुर अन्तत नियन्त्रणमा आयो। दोस्रो चरणको कोरोना संक्रमित लहरको चलिरहेको अवस्थामा समन्वय र व्यवस्थापन चुस्त र दुरुस्त हुन सकेको छैन। स्थानीय तह, एनिजिओकर्मी, सुरक्षाकर्मीको दोस्रो चरणको कोराना कहरमा सक्रिय देखिएका छैनन्।
अस्पतालमा एम्बुलेन्सको व्यवस्थापन कमजोरी देखिएको छ। कहाँ,कसरी र कतिबेला संक्रमितको उद्धार गर्ने योजना नहुँदा एम्बुलेन्स सेवाबाट संक्रमित लाभान्वित हुन सकेका छैनन्। कोभिड अस्पतालको व्यबस्थापन भद्रगोल अवस्था छ। कोभिड अस्पतालमा अक्सिजन,औषधि र बेड अभावमा अस्पतालमा बाहिर बिरामी छटपटाइरहेका छन्। कोभिड अस्पतालमा अनुगमन फितलो देखिएको छ। नागरिक दैनिकबाट