Logo

संरक्षित उल्लु चरोसहित एक पुरुष पक्राउ



काभ्रे, १४ बैशाख । संरक्षित उल्लु चरो सहित एकजना पक्राउ परेका छन् । धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङस्थित विपि राजमार्गबाट संरक्षित उल्लु प्रजातीको जस्तो देखिने जिउँदो चरो सहित रामेछाप, रामेछाप नगरपालिका–२ भिरकोट बस्ने ३४ वर्षीय केशर श्रेष्ठलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा भकुण्डेबाट धुलिखेलतर्फ पैदल आइरहेका केशरलाई उक्त चरो सहित फेला पारी पक्राउ गरेको जनाएको छ । उनलाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय धुलिखेल काभ्रे पठाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्