काठमाडौं, १४ बैशाख । ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तनहुँका एक पुरुषलाई काठमाडौंबाट पक्राउ गरेको छ । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका–१४ नैकाप बस्ने तनहुँ, दमौली नगरपालिका–१४ घर भएका ६३ वर्षीय कमल थापा सोमबार दिउँसो पक्राउ परेका हुन्।
थापाले ती बालिकालाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी बृत्त थानकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको हो ।