एजेन्सी, १४ वेशाख । आफ्नै भाइको हत्या अभियोगमा भारतीय चलचित्रकी नायिका सान्या कात्वे पक्राउ परेकी छिन् । उनको भाइ राकेश कात्वेको क्षतविक्षत अवस्थाको शव हुबालीमा भेटिएपछि प्रहरील पक्राउ गरेको हो ।
३२ वर्षीय राकेश कात्वेको टाउको र शरीको भाग फरक फरक स्थानमा भेटिएका थिए । शव टुक्रा टुक्रा पारी हुबालीको जङ्गलको फालिएको अवस्थामा फेला परेको हो ।
सान्या अभियुक्त नियाजामद काटिगरसँग प्रेम सम्बन्धमा थिइन् । राकेशले सान्याको काटिगरसँगको प्रेमसम्बन्ध रुचाएका थिएनन् । काटिगर र साथीहरुसँग मिलेर राकेशको हत्या गरी टुक्रा टुक्रा पारी शव व्यवस्थापन गरेको खुलेको छ । यसमा सान्याको पनि संलग्नता भेटिएपछि प्रहरीले पक्राउ गरेको जनाइएको छ ।
घटनामा तुसिफ चन्नापुर, अल्ताफ मुल्ला र अमन गिरानीवाले पनि पक्राउ परेका छन् ।
प्रेमीसँग मिलेर सान्याले राकेशको हत्या गरेको तथ्यहरुका आधारमा प्रहरीले कारबाही चलाएको थियो । सान्या कन्नड चलचित्रमा चल्तीकी नायिका हुन् ।