Logo

नेप्से सामान्य अंकले बृद्वि हुँदा ५ अर्बमा कारोबार सिमित



काठमाडौं, १४ बैशाख । आज शेयर बजार ९२ अंकले उकालो लागेको छ । सोमबार ओरालो लागेको नेप्से आज (मंगलबार) ३.६९ प्रतिशत अर्थात ९२.४६ अंकले बढेर १५ सय ९९ दशमलव ७ विन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि १४.२८ अंकले बढेर ४६७ दशमलव २८ विन्दुमा पुगेको छ ।

नेप्से परिसुचक अनुसार आज २१६ कम्पनीको ६३ हजार ५५८ पटक कारोबार भएर ५ अर्ब १० करोड ९० लाख ९६ हजार ९५७ रुपैयाँ बराबरको १ करोड २० लाख २ हजार २१९ शेयर प्रतिकित्ता किनबेच भएको छ । मंगलबार सबै उपसमुहका सुचक बढेका छन् । सबैभन्दा बढी जीवन बीमा समुहको ५५८ दशमलव ६३ अंकले बढेको हो ।



प्रतिक्रिया दिनुहोस्