काठमाडौं, १४ बैशाख । साताको कारोबारको तेस्रो दिन आज नेप्सेमा ५ अर्ब भन्दा बढीको कारोबार भएको छ । ९२ अंकले नेप्से बढ्दा पनि केही कम्पनीहरुको शेयरमुल्य भने घटेका छन् ।
सबैभन्दा धेरै शेयरमुल्य घट्नेमा आईसीएफसी–८३ रहेको छ । आईसीएफसीको शेयरमुल्य २३ रुपैयाँले घटेर ११ सय ६२ रुपैयाँ पुुगेको छ । त्यस्तै, जिबीडि–८०÷८१ को २० रुपैयाँले घटेर १ हजार ५१ रुपैयाँ शेयरमुल्य पुगेको नेप्सेले जनाएको छ ।