Logo

चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लामो बिदा नदिन अस्पतालहरुलाई स्वास्थ्य मन्त्रालयको निर्देशन



काठमाडौं, १४ बैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरुलाई चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लामो बिदा नदिन निर्देशन दिएको छ । मन्त्रालयले आज सचिवस्तरीय निणर्य गर्दै यस्तो निर्णय गरेको हो ।

मन्त्रालयले अस्पतालमा कार्यरत जनशक्ति मध्ये ५० प्रतिशत जनशक्तिको पालो निर्धारण गरि सेवा दिने व्यवस्था मिलाउन, अस्पतालको स्वीकृत दरबन्दी अनुसार कुनै पद रिक्त भए तत्काल जनशक्ति व्यवस्थापन गर्न, स्वीकृत जनशक्ति भएको र थप जनशक्ति आवश्यक भएमा ५ महिनाको लागि करार सेवामा लिन पनि निर्देशन दिएको जनाईएको छ ।



प्रतिक्रिया दिनुहोस्