काठमाडौं, १५ बैशाख । एनएमबि बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । आज सार्वजनिक गरेको विवरण अनुसार बैंकले गत वर्षको तुलनामा ८७ दशमलव ८० प्रतिशत बढी नाफा आर्जन गरेको हो ।
गत वर्ष सोही अवधिमा १ अर्ब ३३ करोड ९९ लाख ९२ हजार खुद नाफा गरेको बैंकले यो चाल आवमा २ अर्ब ५१ करोड ६४ लाख ८७ हजार खुद नाफा गरेको विवरणमा उल्लेख गरिएको छ । हाल बैंकको वितरण योग्य नाफा २ अर्ब २७ करोड ५७ लाख ८९ हजार रुपैयाँ रहेको छ । १६ अर्ब ३२ करोड ५९ लाख ६१ हजार रुपैयाँ हाल चुक्तापुँजी रहेको यस बैंकको जगेडा कोषमा ७ अर्ब ३९ करोड ९१ लाख ८१ हजार रहेको छ ।