Logo

सरकारद्वारा जसपाको माग पूरा, १५ वटा मुद्दामा संलग्न १२० जनाको मुद्दा फिर्ता लिने निर्णय (सूचिसहित)



काठमाडौं, १५ बैशाख । सरकारले मधेस आन्दोलनका क्रममा लगाइएका फौजदारी मुद्दाहरू फिर्ता लिने निर्णय गरेको छ । यसअघि जनता समाजवादी पार्टीले सरकारसमक्ष यी माग पूरा गर्न दबाब दिँदै आएको थियो । हालै बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले सरकारीवादी भई चलाइएका १५ वटा मुद्दामा संलग्न १२० जना व्यक्तिको मुद्दा फिर्ता लिने निर्णय भएको जानकारी दिए ।

https://www.facebook.com/neptv2041/videos/236674204875595

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग जसपाका अध्यक्ष महन्थ ठाकुर र शीर्ष नेता राजेन्द्र महतोले यो विषयमा निरन्तर छलफल गरेका थिए । एमाले र जसपाका नेता सम्मिलित कार्यदल नै बनेको थियो । उक्त कार्यदलले पनि जसपाका माग सम्बोधन गराउने विषयमा आवश्यक छलफल गरेको थियो । File Photo/ReportersNepal

 



प्रतिक्रिया दिनुहोस्