काठमाडौं, १५ बैशाख । आज शेयरबजार ओरोलो लागेको छ । बुधबार तीन उपसमुह बाहेक सबै समुह राताम्मै छन् । व्यापार समुहको भने सुचक ९.१५ अंकले बढेको छ । त्यस्तै, म्यानुफ्याक्चरिङ समुहको ५४.६५ अंक र अन्य समहुको १७.७१ अंकले सुचक बढेको हो ।
नेप्से आज १३.७९ अंकले घटेर २५ सय ८५ दशमलव २८ विन्दुमा झरेको छ । यसैगरी, सेन्सेटिभ इन्डेक्स पनि २.१६ अंकले घटेर ४६५ दशमलव ११ विन्दुमा पुगेको छ ।
बुधबार २१५ कम्पनीको ४६ हजार ९ सय ५९ पटक कारोबार भएर ३ अर्ब ९९ करोड ४ लाख ३१ ह्जार २३६ रुपैयाँ बराबरको ८ करोड ९६ लाख ५ हजार ५८८ कित्ता शेयर खरिद विक्रि भएको नेप्सेले जनाएको छ । आज सबैभन्दा बढी एनसीसी बैंक, अपर तामाकोशी लगायतको कारोबार भएको छ ।