काठमाडौं, १५ बैशाख । बुधबार शेयरबजार ओरोलो लागेको छ । बुधबार तीन उपसमुह बाहेक सबै समुह राताम्मै छन् । व्यापार समुहको सुचक ९.१५ अंकले बढेको छ । त्यस्तै, उत्पादन तथा प्रसोधन समुहको ५४.६५ अंक र अन्य समहुको १७.७१ अंकले सुचक बढेको हो ।
नेप्सेमा कारोबार ३ अर्ब ९९ करोड रुपैयाँमा सिमित भएपनि केही कम्पनीको कारोबार सर्वाधिक भएका छन् । आज सबैभन्दा बढी एनसीसी बैंकको भएको छ । बैंकको २८ करोड २८ लाख भन्दा धेरैको कारोबार भएको नेप्सेले जनाएको छ । त्यस्तै, अपर तामाकोशी हाइड्रोको १६ करोड ९० लाख भन्दा धेरैको कारोबार भएको छ । कम्पनीको आज ८३८ रुपैयाँ शेयरमुल्य कायम भएको छ ।