Logo

सांसद शाहीको अवस्था अज्ञात भएको भन्दै जनमोर्चाकी सचेतक थापाको निवेदन



काठमाडौँ, १५ बैशाख । गण्डकी प्रदेशकी राष्ट्रिय जनमोर्चाकी सचेतक पियारी थापाले सदनको कारबाही रोक्न माग गरेकी छन् । आफ्नो पार्टीका सांसद् खिम विक्रम शाहीको खवस्था अज्ञात रहेकोले उनको अवस्था जानकारी नभएसम्म सदनको कारबाही अघि नबढाउन आफूले सभामुखसमक्ष निवेदन दिएको रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिईन् । उनले तत्काल सदनको प्रक्रिया पनि अघि नबढाउन पनि आग्रूह गरेको जनाईन् ।

यता, राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले भने आफूलाई शाही पोखराकै चिरक अस्पतालको आइसियुमा भर्ना भएको सन्देश प्राप्त भएको जनाए । रिपोर्टर्स नेपाल डटकमले अस्पतालमा सम्पर्क गर्दा एक जना कर्मचारीले शाही अस्पतालमा बैशाख १३ गते राति १२ बजे भर्ना भएको पुष्टि गरिन् । यद्धपी शाही ज्ञान बहादुर शाहीको नाममा अस्पताल भर्ना भएका हुन् । उनको अहिले आइसियुको आईसोलेशन वार्डमा भर्ना भएका छन्।



प्रतिक्रिया दिनुहोस्