काठमाडौं, १६ बैशाख । आज प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । कम्पनीको जेठ २ गते हुने साधारण सभाको लागि बैशाख १९ गते देखि जेठ २ गतेसम्म बुक क्लोज गर्ने भएकोले आजसम्म नेप्सेमा कारोवार भई कायम भएका शेयरधनीले मात्र लाभांश प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
बाराको सिमरामा हुने कम्पनीको सभामा लाभांश सहितका प्रस्ताव पेश हुने भएका छन् । यसको साथै चुक्तापुँजीको ८ प्रतिशतले हुने २१ लाख १४ हजार ५ सय ६० रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.४२ प्रतिशतले हुने ४३ लाख २१ हजार ८ सय रुपैयाँ बराबरको नगद लाभांश वितरणको प्रस्ताव गर्ने भएको छ ।