काठमाडौं, १६ बैशाख । एनआईसी एशिया बैंकले निषेधाज्ञामा ‘एकिकृत हेल्प डेक्स’ को सेवा सुरु गरेको छ । निषेधाज्ञामा ग्राहकलाई सहज रुपमा बैंकिङ्ग सेवा उपलब्ध गराउनका लागि हेल्प डेक्स संचालन गरेको बैंकले जनाएको छ ।
बैंकको अनुसार असहज परिस्थितीमा ग्राहकहरूलाई बैंकले अत्यावश्यक सेवाहरू थप सहज र सुरक्षित तवरले उपलब्ध गराउन हेल्प डेस्कको स्थापना गरेको हो ।
बैंकको शाखासम्म आउन मुस्किल भएका ग्राहकहरूले बैंकको डिजिटल माध्यमहरू (मोबाइल/इन्टरनेट बैंकिङ्ग, वेबसाइट तथा आइसर्भ) को माध्यमबाटै आफूलाई आवश्यक पर्ने अधिकतम बैंकिङ्ग सेवाहरू लिन सक्ने बैंकले जनाएको छ ।
उक्त डिजिटल माध्यमहरूबाट सेवा लिन कठिनाइ भएमा वा सेवा सम्बन्धी गुनासो भएमा वा कुनै जानकारी लिनु परेमा ग्राहकहरूले बैंकले खटाएका उक्त सेवासम्बन्धी विज्ञ अधिकृतहरूलाई सम्पर्क गरी सजिलै एवं यथासिघ्र समाधान पाउन सक्ने बैंकले जानकारी दिएको छ ।
बैंकको अनुसार उक्त एपभित्र कस्टमर केयर आइकनमा ट्याप गरेपश्चात् च्याटबटमार्फत विभिन्न सेवाहरू बारे विस्तृत जानकारी प्राप्त गर्न सकिने, बैंकको प्रतिनिधिसँग सिधा सम्पर्क गरी बैंकका सम्बन्धित कर्मचारीलाई नै सिधै फोन गरेर आफ्नो जिज्ञासा वा गुनासो गर्न तथा सेवाबारे थप जानकारी प्राप्त गर्न सकिने, गुनासो टिकटमार्फत जिज्ञासा तथा गुनासोलाई टिकटमार्फत दर्ता गर्ने, भिडियो ट्युटोरियलमा बैंकका डिजिटल सेवाहरूको प्रयोग गर्ने तरिका बारे तयार गरिएको जानकारी मुलक भिडियो हेर्ने, ईमेल सुविधामार्फत ईमेल आइकनमा क्लिक गरी बैंकलाई सिधै ईमेल पठाउन सकिने र जिज्ञासा मेटाउन सकिने विशेषताहरू रहेका छन् ।