भोजपुर, १६ बैशाख । जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । ६७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा भोजपुर नगरपालिका–बस्ने ४५ वर्षीय दोर्ची शेर्पालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।
दोर्चीले ती महिलालाई सोमबार साँझ जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।