Logo

आज यी हुन् सर्किट लेभलमा कारोबार हुने कम्पनी



काठमाडौं, १६ बैशाख । आजदेखि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाको असर शेयर बजारमा पर्दा कारोबार रकम पनि खुम्चिएको छ । आज ४ अर्ब ३५ करोड ७० लाख १९ हजार रुपैयाँ बराबरको ९८ लाख १८ हजार कित्ता शेयर खरिदबिक्रीभएको छ ।

बिहीबार सिंगटी हाइड्रो इनर्जी लिमिटेडको १० प्रतिशतले सर्किट लागेको छ । कम्पनीको ३३ रुपैयाँले शेयरमुल्य बढेर ३६३ रुपैयाँ कायम भएको छ । त्यस्तै, महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको १० प्रतिशतले सर्किट लागेको छ ।

कम्पनीको २८४ रुपैयाँले शेयुरमुल्य बृद्वि भई ३१ सय २५ रुपैयाँ कायम भएको नेप्सेले जनाएको छ । नेप्सेको अनुसार आज बिशाल बजार कम्पनीको ९.९९ प्रतिशतले सर्किट लागेको छ । कम्पनीको ४६३ रुपैयाँले बढेर ५ हजार ९९ रुपैयाँ कायम भएको छ ।



प्रतिक्रिया दिनुहोस्