Logo

दीपक मनाङेले लिए सपथ



काठमाडौं, १६ बैशाख । गण्डकी प्रदेशका नवनियुक्त खेलकुदमन्त्री दीपक मनाङे भनिने राजीव गुरुले सपथ लिएका छन्। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितिमा प्रदेश प्रमुख अमिक शेरचनले सपथग्रहण गराएका हुन् । उनले दौरा सुरुवाल लगाएर सपथ लिएका छन् । सपथ लिएपछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले आफूसँग भीजन रहेको सुनाएका थिए ।

उनले आफूले खेलकुद क्षेत्रमा महत्वपूर्ण काम गर्ने विश्वास दिलाएका थिए । मुख्यमन्त्री गुरुङविरुद्ध कांग्रेस, माओवादी केन्द्र र जसपाले अविश्वासको प्रस्ताव दर्ता गराएको छ । सुरुमा प्रस्तावको पक्षमा मतदान गर्ने भनेका दिपक मनाङे मतदानको दिन मोवाइल स्विच अफ गरेर बसेका थिए ।

Related Interview:



प्रतिक्रिया दिनुहोस्