काठमाडौं, १७ बैशाख । खानेपानी तथा सरसफाईमन्त्री मणिचन्द्र थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार स्वाब परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको हो । तर, उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उनी होम–आइसोलेशनमा छन् ।
थापाले हिजोमात्रै स्वाब परीक्षण गराएका थिए । अल्छी लाग्ने र सामान्य रुघाबाहेक त्यस्तो ठूलो समस्या नदेखिएको मन्त्री थापाले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए । यसअघि उर्जामन्त्री टोपबहादुर रायमाझीलाई पनि कोरोना संक्रमण भएको छ । उनी यतिवेला छाउनीस्थित् नेपाल आर्मी अस्पतालमा उपचारार्थ छन् ।