काठमाडौं, १७ बैशाख । जनता समाजवादी पार्टी, नेपालका प्रभावशाली नेता तथा सांसद मोहम्मद इश्तियाक राईले पार्टीको बहुमतले गरेको निर्णय सबैले मान्नुपर्ने बताएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो बताएका हुन् ।
उनले लुम्बिनी प्रदेशका चार सांसदलाई पदमुक्त गर्न पार्टीले बहुमतले निर्णय गरेको स्पष्ट पारेका छन् । उनले अध्यक्ष महन्थ ठाकु्रले पार्टीको आधिकारिक निर्णयका लागि बैठक बसाउन नमानेको पनि गुनासो पोखेका छन् । तर, मैले भनेको र गरेको सबथोक सही र तिमीहरुले मान्नुपर्ने खालको कुरा गर्न नहुने पनि तर्क गरेका छन् ।
राईले लेखेका छन्-“मैले नबुझेको नैतिकता#पार्टी र आफ्नै निर्णय विपरीत मंत्रीको सपथ खान लगाउने#पार्टिको बिना निर्णय वार्ता समिति बनाउने#पार्टीको अधिकारिक निर्णयका लागी बैठकनै बसाउन नमान्ने#मैले भनेको गरेको सबथोक सही तिमी हरू मान्नु पर्ने, पार्टीको वैधानिक बहुमतको निर्णय हुन्दा नैतिकताको पाठ सिकाउने ”
file photo