काठमाडौं, १७ बैशाख । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले लुम्बिनी प्रदेशका चार जना सांसदलाई उपेन्द्र यादवलाई कारबाही गरेको विषयमा आपत्ति जनाएका छन् ।
उनले यो गलत भएको भन्दै यसमा कडा आपत्ति जनाए । आज राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले यो प्रकरणमा आफूहरु कानूनी उपचारमा जाने विश्वास दिलाए ।