Logo

नबिल बैंकले गर्यो युनाइटेड फाइनान्ससँग सम्झौता



काठमाडौं, १८ बैशाख । नबिल बैंकले युनाइटेड फाइनान्ससँग सम्झौता गरेको छ । बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति गर्ने गरी सम्झौतापत्रमा हस्ताक्षर गरेको जनाएको छ ।

बैंकको तर्फबाट मर्जर कमिटीका संयोजक उदयकृष्ण उपाध्याय र यूनाइटेड फाइनान्सका तर्फबाट मर्जर कमिटी सदस्य मनिष खेम्काले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । युनाइटेड फाइनान्स प्राप्तिपछि नवील बैंकको प्रमुख कार्यकारी अधिकृत र सबै संचालक अहिलेकै कायम रहने समेत समझदारी बनेको बैंकले जनाएको छ ।

बैंकको अनुसार युनाइटेड फाइनान्स प्राप्तिपछि बैंकको सिईओ र सबै संचालक अहिलेकै कायम रहने समेत सम्झौता भएको हो । बैंक र युनाइटेड फाइनान्सको स्वापरेसियो १००ः३५ कायम भएको छ ।



प्रतिक्रिया दिनुहोस्