Logo

प्रधानमन्त्री ओलीले बोलाए स्थायी कमिटीको आकस्मिक बैठक, माधव नेपाल पक्षधर सांसदलाई कारबाहीको तयारी



काठमाडौं, १९ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाएको एक स्थायी कमिटी सदस्यले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए । आजै मन्त्रिपरिषदको पनि बैठक छ ।

लुम्बिनीमा एमालेले धोका दिएको भन्दै महन्थ ठाकुरले डाके आकस्मिक बैठक

लुम्बिनी प्रदेशमा शंकर पोखरेलले मुख्यमन्त्रीबाट राजीनामा दिएको परिस्थिति र केन्द्रमा आफूविरुद्ध कांग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव पक्षले अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेको भन्दै त्यस विषयमा छलफल गर्न पार्टीको स्थायी कमिटी बैठक बोलाएका हुन् । आजको बैठकमा यसअघि स्पष्टीकरण सोधिएका माधव नेपालसहित २७ जना सांसदहरुमध्ये धेरैलाई कारबाही गर्ने तयारी भएको दाबी छ । File Photo/reportersnepal



प्रतिक्रिया दिनुहोस्