Logo

नेपाल लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा बिनोद भुजेल नियुक्त



काठमाडौं, १९ बैशाख । नेपाल लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा बिनोद भुजेल नियुक्त भएका छन् । कम्पनीको ३२०औ संचालक समितिको बैंठकले भुजेललाई कम्पनी सचिवमा नियुक्ति गर्ने निर्णय गरेको थियो ।

भुजेलले १३ वर्ष एलआईसी नेपालको कम्पनी सचिवमा रहेर काम गरेका थिए । उनले जन प्रशासनमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका छन् । भुजेलले आजैदेखि कार्यभार सम्हालेका छन् ।



प्रतिक्रिया दिनुहोस्