काठमाडौं, १९ वैशाख । लुम्बिनी प्रदेशमा नेकपा एमालेका ३ प्रदेश सभा सांसदले राजीनामा दिएका छन् । उनीहरुले मुख्यमन्त्री नियुक्त शंकर पोखरेललाई अप्ठ्यारोमा पार्न राजीनामा दिएका हुन् ।
राजीनामा दिनेहरु तीनै जना प्रत्यक्ष निर्वाचित हुन् । कपिलवस्तु १ (क) बाट निर्वाचित दुगनारायण पाण्डेय, २ (ख) बाट निर्वाचित धर्मबहादुरलाल श्रीवास्तव र नवलपरासी पश्चिमका अजय शाही छन् । उनीहरुले राजीनामा पत्रमा पछिल्लो राजनैतिक परिस्थिति नियालेर राजीनामा दिएको उल्लेख गरेका छन् ।
राजीनामा दिने सांसदहरु
चित दुगनारायण पाण्डेय, कपिलवस्तु १ (क)
धर्मबहादुरलाल श्रीवास्तव, कपिलवस्तु २ (ख)
अजय शाही, नवलपरासी पश्चिम