काठमाडौं, १९ बैशाख । नेकपा (एमाले) का नेता डा. भीम बहादुर रावलले लुम्बिनी प्रदेशमा शंकर पोखरेलबाट भउका क्रियाकलापले लोकतन्त्र र राजनीतिक नैतिकताको धज्जी उडाएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत नेता रावलले यस्तो बताएका हुन् ।
उनले लेखेका छन्–‘लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल विरूद्ध प्रस्तुतअविश्वास प्रस्तावका सन्दर्भमा राष्ट्रिय राजनीतिलाई निरवस्त्र तुल्याई संविधानकै मर्यादामा अघात पुग्नेगरी निजबाट भएका क्रियाकलापले लोकतन्त्र र राजनीतिक नैतिकताको धज्जी उडाएको छ। प्रमं केपीको छत्रछायामाअर्को पदलोलुप चर्तिकला !’
आजमात्रै शंकर पोखरेलले मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । लगत्तै, उनले एमालेको एकल बहुमतको सरकार बनाउने दाबी गरेका थिए । प्रदेश प्रमुख धर्मनाथ यादवले पोखरेललाइृ धारा १६८ को उपधारा १ बमोजिम नियुक्त गरेका थिए ।