Logo

आजबाट आन्तरिकतर्फका उडानमा रोक



काठमाडौं, बैशाख २० । उपत्यका लगायत देशभर नै कोरोना संक्रमण बढ्दै जादा सरकारकाले हवाई उडानमा रोक लगाउने निर्णय गरेको छ । बढ्दो कोभिड संक्रमण रोकथामका लागि सरकारले आन्तरिकतर्फको पुरै र अन्तराष्ट्रियतर्फ आशिंक उडानमा रोक लगाउने निणर्य गरेको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आज राति १२ बजेदेखि सबै आन्तरिक हवाई उडान बन्द हुनेछन् । आईतबार बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिसअनुसार आज राति १२ बजेदेखि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको हो । सरकारको पछिल्लो निणर्य अनुसार बुधबार (बैशाख २२) देखि भारत, ब्राजिल र साउथ अफ्रिका ट्रान्जिट भएर आउने यात्रुलाई समेत नेपाल प्रवेशमा रोक लगाईने भएको छ ।

हाल उपत्यका लगायत तराईका जिल्लाहरुमा सक्रमणदर तिब्र गतिले बढ्दै गएकाले ति जिल्लामा निषेधाज्ञासमेत लागू गरिएको छ । निषेधाज्ञामा यात्रुको आवागमनमा समेत समस्या देखिएको र हवाई सेवामा समेत भिड देखिएकाले अर्काे सूचना अआउन्जेलसम्मलाई आन्तरिकतर्फको उडान रोकिएको नेपाल नागरिक उड्डउन प्राधिकरणले जनाएको छ । सरकारको पछिल्लो निर्णय अनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चार्टर्ड उडानहरुलाई भने अनुमति दिने निर्णय भएको छ।

प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार भारत लगायतका तीन देशका यात्रु नेपालमा रोक लगाएपनि मिडिल ईस्ट र टर्कीबाटभने नेपाल आउने बाटो खुला रहेको छ ।भारत लगायतका देशमा पछिल्लो समय कोरोनाको उच्च दर कायम रहेकाले ति देशबाट आउने यात्रुलाई कडिकडाई गरिएको उनले बताए ।

दुबई, सारजहा, अबुधावी, साउदी अरेबिया, कुवेत, जापान, कोरिया, चीन मलेसियाबाट आउने यात्रुमा भने तोकिएको मापदण्ड अनुसार नेपाल आउन सक्नेछन् ।हाल सरकारले नेपाल प्रवेश गर्न १० दिनको होटल क्वारेन्टिन बुकिङ गरेको प्रमाण र ७२ घण्टा भित्र गरिएको कोरोना परिक्षणको रिपोर्टको आधारमा अनअराईभल भिसा दिदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्