Logo

जेपी गुप्ताको प्रश्न : संघीयता न रहे जसपाको कहाँ औचित्य हुन्छ र ?



काठमाडौं, २० बैशाख । पूर्वमन्त्री जेपी गुप्ताले नेपालमा संघीयता नरहे जनता समाजवादी पार्टीको औचित्य नै नरहने टिप्पणी गरेका छन् । उनले लुम्बिनी प्रदेशको सन्दर्भमा मुख्यमन्त्री शंकर पोखरेल र जसपा पार्टी दुवैले समग्रमा गलत गरेको पनि दबाी गरेका छन् । तर, उक्त घट्नाक्रमले संघीयता नै खराब हो भनेर गलत डिस्कोर्श लाई बल दिन थालिएको भन्दै उनले भनेका छन्–‘जसपाका लागि सर्वाधिक प्रत्युत्पादक हुनेछ । संघीयता नरहे जसपाको कहाँ औचित्य हुन्छ र ?’

उनले ट्विटरमा लेखेका छन-“लुम्बिनी प्रदेशको सन्दर्भमा@shankarpokhrel8  तेहाँका मुख्य मंत्री र #जसपापार्टी समग्रमा गलत गरेका हुन्। यस घटनाक्रमले ‘संघीयता नै खराब’ को गलत ‘डिसकोर्श’लाई बल दिन थाल्यो, जुन #जसपा का लागि सर्वाधिक प्रत्त्यूत्पादक हुनेछ। संघीयता न रहे जसपाको कहाँ औचित्य हुन्छ र?”



प्रतिक्रिया दिनुहोस्