Logo

प्रधानमन्त्रीका सल्लाहकार डा. भट्टराईको दाबी : माधव नेपालसँग १० जनापनि सांसद रहँदैनन्



काठमाडौं, २४ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईले माधव नेपाल पक्षधर सांसदहरु आफूहरुको पक्षमा आउने दाबी गरेका छन् । उनले पछिल्लो समय नेता नेपाल पक्षधर सांसदहरुसँग आफूहरुले सम्वाद गरिरहेको र धेरै सांसद प्रधानमन्त्री ओलीकै पक्षमा आईसकेको दाबी गरे । रिपोर्टर्स नेपाल डटकमका लागि पत्रकार ऋषि धमलासँको संक्षिप्त कुराकानीमा डा. भट्टराईले भने,‘अब माधव नेपाल पक्षधर धेरै सांसद साथीहरु प्रधानमन्त्रीको पक्षमा आउनुभएको छ, उहाँसँग दश जना पनि सांसद छैनन् । हामी उहाँहरुसँग निरन्तर सम्वाद र छलफलमा छौं ।’

प्रधानमन्त्री ओलीसँग हिजो भेटै नभएको माधव नेपालको दाबी

योगेश र घनश्यामसँग बालुवाटारमा प्रधानमन्त्री ओलीको तीन घण्टा वार्ता

प्रधानमन्त्री ओलीले यही बैशाख २७ गते विश्वासको मत लिने भएपछि एमालेभित्र नेताहरुको सक्रियता बढेको छ । यो बीचमा अध्यक्ष ओलीले समेत नेताहरुसँगको भेटवार्तालाई तिव्रता दिएका छन् । हिजोमात्रै, ओलीले माधव नेपाल पक्षधर नेताहरु योगेश कुमार भट्टराई र घनश्याम भुषालसँग करिब तीन घण्टा छलफल गरेका थिए । उता, ओली पक्षका नेता विष्णु पौडेलले पनि माधव नेपाल पक्षधर नेताहरु सुरेन्द्र पाण्डे र गोकर्ण विष्टसँग छलफल गरेका थिए ।

माधव नेपालको दाबी : ‘ केपी ओलीसँग कुनै सहमति भएको छैन, भ्रममा नपर्न आह्वान गर्दछौं’

हिजो दिउँसो मात्रै उपप्रधानमन्त्री ईश्वर पोखरेलले पनि योगेश भट्टराई र गणेश पहाडीसँग सिंहदरबारमा छलफल गरेका थिए । माधव नेपाल पक्षधरले ओलीलाई विश्वासको मत लिन असफल तुल्याउनेगरि २१ जना सांसदले सामूहिक राजीनामा दिने उद्घोष गरेपछि बालुवाटारको सक्रियता बढेको छ । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्