Logo

बाँकेमा २५ दिनभित्र १ सय ५५ संक्रमितको मृत्यु



बाँके, बैशाख २६ । नयाँ भेरियन्टसहित तीव्र रुपमा फैलिएको कोरोना संक्रमण बाँकेमा नियन्त्रण बाहिर गएको छ। नेपालगन्जस्थित भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल, आइसोलेसन सेन्टर र होमआइसोलेसनमा मृत्यु हुने क्रम रोकिएको छैन। कोरोना संक्रमणबाट बितेको २५ दिनभित्रमा १ सय ५५ जनाको मृत्यु भइसकेको छ।

‘जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र’ बाँकेले शनिबार सार्वजनिक गरेको तथ्यांकअनुसार बैशाख १ गतेदेखि २५ गतेभित्र मृत्यु भएकामध्ये ९४ पुरुष र ६१ जना महिला रहेका छन्। यसमध्ये बाँकेका मात्रै १ सय १७ जना छन् । बाँकेका ६८ जना पुरुष र ४९ जना महिलाको वैशाखयता मृत्यु भएको छ ।

केन्द्रको तथ्यांकअनुसार बाहिरी जिल्लाका समेत गरी वैशाख १ गतेदेखि ४ गतेसम्म १र१ जना, ५ गते ४ जना, ६ गते २ जना, ७ गतेदेखि ९ गतेसम्म ३र३ जना, १० गते २ जना, ११ गते ६ जना, १२ गते १० जना, १३ गते ५ जना, १४ गते १० जना, १५ गते ४ जना, १६ गते १२ जना, १७ गते ८ जना, १८ गते ९ जना, १९ र २० गते १२÷१२ जना, २१ गते ६ जना, २२ गते ४ जना, २३ गते १६ जना, २४ गते ११ जना र २५ गते ९ जनाको मृत्यु भएको छ।

यस्तै बाँकेका मात्रै २, ५ र ६ गते १÷१ जना, ७ र ८ गते ३र३ जना, ९ गते २ जना, १० गते १ जना, ११ गते ६ जना, १२ गते ८ जना, १३ गते ४ जना, १४ गते ७ जना, १५ गते ४ जना, १६ गते ९ जना, १७ र १८ गते ५र५ जना, १९ गते ९ जना, २० गते १० जना, २१ गते ४ जना, २२ गते ३ जना, २३ गते १४ जना, २४ गते ९ जना र २५ गते ८ जनाको मृत्यु भएको छ। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्