काठमाडौं, २९ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटवार्ता सम्पन्न भएलगत्तै जसपाका अध्यक्ष महन्थ ठाकुर र शीर्ष नेता राजेन्द्र महतो शितलनिवास पुगेका छन् । प्रधानमन्त्री ओलीसँग बालुवाटारमा ठाकुर र महतोले करिब दुई घण्टा छलफल गरेका थिए ।
विश्वस्त सुत्रले दिएको जानकारीअनुसार प्रधानमन्त्री ओलीले विपक्षी गठबन्धनको सरकार बन्न सक्ने अवस्था नभएको भन्दै आफूसँग नै मिलेर जान ठाकुर र महतोलाई प्रस्ताव गरेका थिए ।
प्रधानमन्त्री ओली धारा ७६ को २ अनुसार सरकार गठन गर्न विपक्षी गठबन्धन असफल हुनेमा विश्वस्त छन् । र, त्यसपछि राष्ट्रपतिले आफूलाई नै बहुमत पार्टीको दलको नेतामा प्रधानमन्त्री नियुक्त गर्ने उनको विश्वास छ । कतिसम्म भने ओलीले आफू नेतृत्वको सरकारमा सहभागी हुनको लागि ठाकुरलाई आग्रहसमेत गरेका छन् । यो सहकर्या
ठाकुरले वैकल्पिक सरकार गठनको लागि पार्टी तयार नभएको भन्दै यसअघि नै प्रधानमन्त्री ओलीको पक्षमा उभ्याएका छन् । उता, कांग्रेस सभापति शेरबहादुर देउवाले भने आफ्नो नेतृत्वमा सरकार गठनको लागि पहल गरिरहेका छन् ।
देउवाले जसपाको सम्पूर्ण साथ खोजेका छन् । यो बीचमा देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवसँग पटक पटक छलफल गरिसकेका छन् ।
जसपाको सिगो साथ पाउनको लागि नै देउवाले अहिले प्रयत्न गरेका छन् । तर, ठाकुर पक्षले सहयोग नगरेपनि आफू प्रधानमन्त्री बन्ने देउवाको विश्वासको छ । त्यसको लागि उनले माधव नेपाल पक्षसँग विशेष सहयोगको अपेक्षा गरेका छन् । हिजोमात्रै देउवा निवास पुगेर नेता नेपालले प्रधानमन्त्री ओलीलाई विस्थापित गर्ने शर्तमा देउवालाई सघाउने वचन दिएका छन् ।
नेपाल पक्षधर २८ जना सांसदले पार्टीको ह्वीप उल्लंघन गरेर सफ्ट विद्रोह गरिसकेका छन् । देउवाको नेतृत्वमा सरकार बनाउनेगरि नेपाल पक्षका सांसदले भोलि विहान ९ बजेसम्म सामूहिक राजीनामा दिने तयारी गरेका छन् । File Photo/ReportersNepal