Logo

कोरोनाविरुद्ध विकास भएका कुन भ्याक्सिन कति प्रभावकारी (सुचीसहित)



काठमाडौं, २ जेठ । कोरोना भाइरसको फरक प्रकार सक्रिय हुनथालेपछि विश्वको ध्यान भ्याक्सिन, औषधी र अक्सिजनतर्फ खिचिएको छ । नयाँ प्रकारका कोरोना भाइरसलाई विकास भइसकेको खोपले काम गर्ने हो या होइन चासो बनेको छ ।

भारतले विकास गरेको कोभ्याक्सिन पछिल्लो समय देखापरेका कोरोना भाइरसका प्रकारविरुद्ध पनि प्रभावकारी देखिएको रिसर्चले देखाएको छ । यो तथ्य जर्नलमा प्रकाशित भएको छ ।

हालसम्म सँसारभर आठवटा कोरोनाविरुद्ध विकास भएका भ्याक्सिनमा विश्वको चासो छ । ती भ्याक्सिनहरु अमेरिका, बेलायत, भारत र चीनमा विकास भएका हुन् । अमेरिकाले चारवटा भ्याक्सिन विकास गरिसकेको छ । रुसले एक, बेलायतले एक, भारतले एक र चीनले तीनवटा भ्याक्सिन विकास गरिसकेको छ ।

अमेरिकामा विकास भएको फाइजर कम्पनीको भ्याक्सिन सबैभन्दा बढी प्रभावकारी देखिएको छ । अध्ययन अनुसार यो भ्याक्सिन ९५ प्रतिशत प्रभावकारी देखिएको छ ।
मोर्डना कम्पनीको भ्याक्सिन ९४ प्रतिशत प्रभावकारी देखिएको छ । यो पनि अमेरिकामै विकास भएको हो ।

रुसले विकास गरेको स्पुतनिक भी ९२ प्रतिशत प्रभावकारी देखिएको छ । यसको प्रयोग रुस बाहिर पनि भइरहेको छ ।

अमेरिकाले नै विकास गरेको नोभाभ्याक्स ८९ प्रतिशत प्र्रभावकारी पाइएको छ । अमेरिकाकै जोन्सन एन्ड जोन्सन ६६ प्रतिशत प्रभावकारी देखिएको छ । यो भ्याक्सिन एक डोज मात्र लगाए पुग्छ ।

भारतले विकास गरेको कोभ्याक्सिन ७८ प्रतिशत प्रभावकारी देखिएको छ । अध्ययनले यो नयाँ प्रकारको भाइरसविरुद्ध पनि प्रभावकारी पत्ता लागेको छ ।

बेलायतको अक्सफोर्ड एस्ट्राजेनेका ७८ प्रतिशत प्रभावकारी पत्ता लागेको छ । यो नेपालमा पनि भारतले उत्पादन गरी प्रयोगमा ल्याइएको छ ।
चीनको कोरोनाभाक ५० प्रतिशत प्रभावकारी देखिएको छ ।

विश्वमा विकास भएका कोरोनाविरुद्धका मुख्य भ्याक्सिन र तिनको प्रभावकारिता प्रतिशत । स्रोतः स्टाटिस्टा



प्रतिक्रिया दिनुहोस्