Logo

कोभिडबाट बच्न आँफै सचेत हुनुपर्छ, यसको उपचार छैन : प्रवक्ता डा. गौतम (भिडिओसहित)



काठमाडौं, ४ बैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले सरकारले कोभिडविरुद्धको खोप पनि ल्याएको विश्वास दिलाएका छन् । र, समयमै खोप ल्याईने पनि उनले बताएका छन् ।

आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले कोभिड १९ का कारण सम्पन्नभन्दा पनि सम्पन्न देशमा पनि ठूलो क्षति भएको सुनाए । तर, नेपालमा स्वास्थ्य मापदण्ड राम्रोसँग पालना नगरिएको पनि उनले गुनासो पोखे । उनले कोभिडबाट बच्नको लागि जनता आँफैपनि सचेत हुनुपर्नेमा जोड दिए । सामाजिक दूरी कायम गर्ने, सम्पर्कमा नआउने, मास्क लगाउने र स्यानिटाईज गर्ने काम गर्नुपर्ने उनको सुझाव छ ।

 



प्रतिक्रिया दिनुहोस्