काठमाडौं, ४ जेठ । कोभिड–१९ को दोस्रो लहरले महामारीको रूप लिएको अवस्थामा सोमबार कमलपोखरीस्थित अग्रवाल भवनमा क्वारेन्टेन सेन्टरको शुरु भएको छ । हिन्दु स्वयंसेवक संघ नेपाल, अग्रवाल सेवा केन्द्र नेपाल, नेपाल चिकित्सक संघ, सेवा इन्टरनेशनल नेपाल एवं उपकार सेवा नेपालको संयुक्त प्रयासमा सञ्चालन गरिने उक्त क्वारेन्टीन सेन्टरको जेठ ३ गते (सोमबार) उद्घाटन भएको हो ।
उद्घाटनमा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रालगायत विशिष्ट व्यक्तिहरु सहभागी थिए । कोरोना भाइरसको दोस्रो लहरले महामारीको रूप लिएको अवस्थामा स्वास्थ्य प्रवाहमा अहोरात्र खटेका चिकित्सकहरू एवं अग्रपंक्तिमा लागेका सेवा प्रदाताहरूको व्यक्तिगत स्वास्थ्य सुरक्षाका निम्ति “हामी जित्नेछौँ” भन्ने मन्त्र लिएर ‘क्वारेन्टीन/माइल्ड आइसोलेशन सेन्टर स्थापना र सञ्चालन’ गर्न लागेको जनाइएको छ ।
जसले पैसा तिरेर उपचार गर्न सक्दैन तिनीहरुलाई माइल्ड आइसोलेसन सेन्टरले निशुःक अक्सिजन र औषधी घर–घरमा पुर्याई दिने अक्सिजनको लेभल नापिदिने पनि बताए । उनले प्राविधिक घर–घरमा टोली पठाएर उद्वार गरिरहेको जानकारी समेत दिए ।