Logo

बुधबारदेखि प्रभु सेलेक्ट फण्डको इकाई विक्री खुला



काठमाडौं, ५ जेठ । आजदेखि प्रभु सेलेक्ट फण्डको इकाई विक्री खुला भएको छ । प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने प्रभु सेक्लेक्ट फण्डले आज (बुधवार) देखि १० करोड इकाई विक्री खुला गरेको हो ।

प्रतिइकाई १० अंकित दरको कुल इकाईमध्ये ८ करोड ५० लाख इकाई यस फण्डले सार्वजनिक निष्कासन गरेको जनाएको छ । कुल इकाईमध्ये १ करोड ४० लाख इकाई कोष प्रवद्र्धक प्रभु बैंकका लागि र १० लाख कित्ता योजना व्यवस्थापक प्रभु क्यापिटललाई सुरक्षित राखेको छ ।

इकाई खरिदका लागि न्युनतम १०० इकाई देखि अधिकतम ८ करोड ५० लाख इकाईसम्मका लागि आवेदन दिन सकिने संस्थाले जनाएको छ । छिटोमा जेठ ९ गते र उक्त अवधिसम्म माग बमोजिम आवेदन प्राप्त नभएमा ढिलो अवधि जेठ १५ गते सम्म यो इकाई विक्रीमा रहनेछ ।

संस्थाले इकाई निष्कासन तथा विक्री प्रबन्धकको जिम्मा प्रभु क्यापिटल लिमिटेडलाई दिएको छ । विक्री प्रबन्धकसँगै इकाई खरिदका लागि आस्बा सेवामा सहभागी सम्पुर्ण बैंक तथा वित्तीय संस्था र तोकिएको शाखा र मेरो शेयरबाट आवेदन दिन सकिने व्यवस्था गरेको छ ।



प्रतिक्रिया दिनुहोस्