Logo

यी कम्पनीको लिलामी शेयरमा आजसम्म आवेदन दिन सकिने



काठमाडौं, ५ जेठ । तीन कम्पनीको संस्थापक लिलामी शेयरमा आजसम्म आवेदन दिन सकिन्छ । एक्सेल डेभलपमेण्ट बैंकले आफ्नो स्वामित्वमा रहेको आरएमडिसी लघुवित्त, ग्रामीण विकास लघुवित्त र युनाइटेड इन्स्योरेन्सको संस्थापक शेयर लिलामी विक्रिमा ल्याएको हो ।

कम्पनीले गत वैशाख १६ गतेबाट आरएमडिसी लघुवित्तको ५ हजार ७७० कित्ता, ग्रामीण विकास लघुवित्तको २५ हजार २०० कित्ता र युनाइटेड इन्स्योरेन्सको ९४ हजार ६३९ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो ।

आरएमडिसीको प्रतिकित्ता न्युनतम शेयर मूल्य ४९८ रुपैयाँ, ग्रामीण विकास लघुवित्तको ४०० रुपैयाँ र युनाइटेड इन्स्योरेन्सको ३२१ रुपैयाँ तोकिएको हुँदा सो वा सोभन्दा बढी मुल्य अंकित गरी बोलपत्र पेश गर्न सकिने जनाएको छ ।

लगानीकर्ताले विक्री प्रबन्धक प्रभु क्यापिटल कमलादी र एक्सेल डेभलपमेण्ट बैकको केन्द्रीय कार्यालय विर्तामोड, झापाबाट आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्