Logo

७ वर्षीया बालिकालाई बलात्कार गर्ने पक्राउ



ईलाम, ५ जेठ । जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सात वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रोङ गाउँपालिका–१ जुरे बस्ने ३० वर्षीय तिलक बहादुर खड्का मंगलबार दिउँसो पक्राउ परेका हुन् ।

खड्काले ती बालिकालाई ललाई फकाई सोही ठाउँस्थित ढुङगाना टी स्टेट चियाबारीमा लगि सोमबार जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ प्रहरी चौकी आईतबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

 



प्रतिक्रिया दिनुहोस्