काठमाडौं, ५ जेठ । शेयर बजारले आज सर्वाधिक शेयर कारोबार भएर हालसम्मकै नयाँ रेकर्ड राखेको छ । आज बुधबार नेप्सेमा ११ अर्ब ९५ करोड ८० लाख बराबरको शेयर कारोबार भएको छ । यो हालसम्मकै सर्वाधिक कारोबार हो । हिजो ११ अर्ब ३५ करोड बराबरको कारोबार भएको थियो ।
आज कारोबार रकम उच्च भएपनि नेप्से परिसुचक भने १३ दशमलव ०९ अंकले घटेर २७ सय ८० दशमलव ८१ विन्दुमा रोकिएको छ । आज कारोबार भएका १३ उपसमुह मध्ये ५ समुहका सुचक बढेका छन् भने ८ समुहको सुचक घटेको छ ।
नेप्से परिसुचक अनुसार आज २१४ कम्पनीको १ लाख ३२ हजार ३६९ पटक कारोबार भएर ११ अर्ब ९५ करोड ८० लाख ९७ हजार ४११ रुपैयाँ बराबरको २ करोड ५१ लख २१ हजार ५५४ प्रतिकित्ता शेयर खरिद विक्रि भएको छ ।