Logo

कपिलवस्तुमा माओवादी जिल्ला नेता दिपक पाण्डमाथि गोली प्रहार



बुटवल, ६ जेठ । कपिलवस्तुमा गएराति नेकपा माओवादी केन्द्रका नेता दीपक पाण्डेमाथि गोली प्रहार भएको छ । उनलाई तीन जनाको समूहमा आएकाहरुले सडवामा गोली प्रहार गरेका थिए ।

गोली प्रहारबाट गम्भीर घाइते पाण्डेको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको शरीरबाट दुईवटा गोली निकालिएको छ । ३५ वर्षीय पाण्डेको पेट र कम्मरमा गरी दुई गोली लागेको छ ।

नदीजन्य पद्धार्थ निकाल्ने काममा समेत सक्रिय पाण्डे ठेक्कापट्टा समेत गर्थे । प्रहरीले घटनाको कारणबारे अनुसन्धान अगाडि बढाएको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्