काठमाडौं, ६ जेठ । आज शेयर बजार सामान्य अंकले बढ्दा ९ अर्ब ३० करोड ५२ लाख भन्दा बढीको शेयर कारोबार भएको छ । त्यस्तै, आज २ करोड १ लाख ३३ हजार ६०२ प्रतिकित्ता शेयर खरिद बिक्रि भएको छ ।
नेप्सेको अनुसार आज सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको कारोबार भएको छ । कम्पनीको प्रतिकित्ता १६ सय ५० रुपैयाँ अन्तिम शेयरमुल्य कायम भएर ३४ करोड ७० लाख ४१ हजार ५३० रुपैयाँको कारोबार भएको हो ।
यसैगरी, बैक अफ काठमाण्डुको ३४ करोड १ लाख २४ हजार रुपैयाँको शेयर कारोबार भएको छ । बैंकको प्रतिकित्ता ३५१ रुपैयाँ अन्तिम शेयरमुल्य कायम भएको छ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको २४ करोड ४३ लाख भन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।